जेष्ठ २२,२०८० / ०४ : ५८ पूर्वान्ह / 2023-06-05 04:58 am

        राप्रपा नेता गणेश शेरचनको निधन

        - १ वर्ष अगाडि
        फागुन २२,२०७८

        राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ ।

        मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

        शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए ।

        राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

          सम्बन्धित समाचारहरु