श्रावण २२,२०७९ / १० : ०३ अपरान्ह / 2022-08-07 10:03 pm

        राष्ट्रियसभाका १९ सांसदको शपथग्रहण आज

        - ५ महिना अगाडि
        फागुन २१,२०७८

        राष्ट्रियसभामा रिक्त २० मध्ये १९ निर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

        निर्वाचित नयाँ सांसदलाई आज बिहान ११ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा  सपथ खुवाउने कार्यक्रम रहेको छ ।

        गत माघ १२ मा भएको निर्वाचनबाट सत्तारूढ गठबन्धनका पाँच दलबाट १८ जना र नेकपा एमालेबाट एक गरी १९ सांसद निर्वाचित भएका थिए । 

        नेपाली कांग्रेसबाट छ, नेकपा माओवादी केन्द्रबाट पाँच, नेकपा एकीकृत समाजवादीबाट पाँच, नेकपा एमालेबाट एक, जसपाबाट एक, राष्ट्रिय जनमोर्चाबाट एक सांसद निर्वाचित भएका थिए ।

        आज शपथ लिनेमा कांग्रेसबाट गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्रसहित ६ जना छन्।

        यस्तै, माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर सार्की, एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह (गरिमा) छन् ।

        यसैगरी, एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्माले आज सांसद पदको शपथ लिँदैछन् । मन्त्रिपरिषदबाट मनोनित हुने एक जना भने निर्णय भएको छैन।

        २०७४ साल फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचनबाट निर्वाचित भएका ५९ सदस्यमध्ये गोलाप्रथाबाट चार वर्षे कार्यकाल कायम भएका २० सांसद हिजोबाट विदा भएका थिए । 

          सम्बन्धित समाचारहरु