श्रावण २२,२०७९ / ०९ : ४७ अपरान्ह / 2022-08-07 09:47 pm

        एमाले र एकीकृत समाजवादीले आज एकैदिन एमसीसीबारे धारणा सार्वजनिक गर्ने

        - ५ महिना अगाडि
        फागुन १७,२०७८

        मंगलरबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले छुट्टाछुट्टै स्थानमा पत्रकार सम्मेलन गर्दैछन् । एमसीसीको बारेमा आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गरेका हुन् । 

        एमालेको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको छ  । त्यस्तै एकीकृत समाजवादीले दिउँसो २ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा पत्रकार सम्मेलन गर्दैछ । 

        एमसीसी प्रतिनिधि सभाबाट पारित भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा पहिलो पटक सार्वजनिक गर्दैछ । 

        सत्तारूढ नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो । 

          सम्बन्धित समाचारहरु