श्रावण २४,२०७९ / ०२ : २६ अपरान्ह / 2022-08-09 02:26 pm

        बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

        - एक हप्ता अगाडि
        फागुन १५,२०७८

        बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो ।  

        प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि  तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको  प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

        यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए ।

          सम्बन्धित समाचारहरु