श्रावण २२,२०७९ / १० : २५ अपरान्ह / 2022-08-07 10:25 pm

        ‘एमालेलाई घेराबन्दी बनाउने योजना सफल हुँदैन ’

        - एक हप्ता अगाडि
        फागुन १५,२०७८

        काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा  एमाले पहिलो दल बन्ने दाबी गरेका छन् ।

        बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए ।

        उनले एमालेलाई घेराबन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गरे । प्रदेश सांसद एवं एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गए ।

        नगरपालिकाका प्रमुख उद्धव खरेलले स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको जनाए ।

          सम्बन्धित समाचारहरु