श्रावण २२,२०७९ / ०९ : ३५ अपरान्ह / 2022-08-07 09:35 pm

        आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफलको तयारी

        - एक हप्ता अगाडि
        फागुन १५,२०७८

        प्रतिनिध सभा (संसद) बैठक आइतबार दिउँसो १ बजे बस्दैछ ।

        मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो । एमसीसी अनुमोदनको म्याद भोलि समाप्त हुने भएपछी आज बैठक बस्न लागेको हो  ।

        यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । 

        तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो । 

          सम्बन्धित समाचारहरु