भाद्र १,२०७९ / ०३ : ४२ पूर्वान्ह / 2022-08-17 03:42 am

        एमसीसी सम्झौताबारे जसपाले आज निर्णायक छलफल गर्ने

        - २ हप्ता अगाडि
        फागुन १४,२०७८

        जनता समाजवादी पार्टी (जसपा)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताबारे आज निर्णय गर्ने भएको छ ।

        केन्द्रीय कार्यकारिणी समितिको आजको बैठकले एमसीसी सम्झौताबारे निर्णय लिने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताएका छन् । शुक्रबारको बैठकमा एमसीसी सम्झौता अध्ययन गर्न कार्यकारिणी सदस्यहरुलाई वितरण गरिएको थियो ।

        आजको बैठकमा सदस्यहरुले आ–आफ्ना धारणा राख्ने र पार्टीको आधिकारिक धारणा तय गर्ने नेताहरुले बताएका छन् ।

        संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने अभिव्यक्ति दिंदै आएका छन् । तर पार्टी अध्यक्ष उपेन्द्र यादव यस विषयमा मौन छन् ।

        एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रिय राजनीति नै तरंगित भएको बेला सत्ता साझेदार दल जसपा अनिर्णित छ ।

        एमसीसी अनुमोदन सम्बन्धी सम्झौता प्रतिनिधि सभा बैठकमा यही फागुन ५ गते पेश भएको थियो । तर बहुमत जुटाउन सकस भएपछि पास हुन सकेको छैन । प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्दै छ ।

          सम्बन्धित समाचारहरु