जेष्ठ २२,२०८० / ०४ : ५७ पूर्वान्ह / 2023-06-05 04:57 am

        एमसीसीबारे आज छलफल : संसद् र अमेरिकी दूतावास क्षेत्रको सुरक्षा व्यवस्था कडा

        - १ वर्ष अगाडि
        फागुन १२,२०७८

        प्रतिनिधिसभाको आज १ बजे बस्ने बैठकमा एमसीसीबारे छलफल हुने सम्भावित कार्यसूची छ । आज संसद भवन बाहिर हुने सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले संसद् भवन आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । 

        एमसीसीको विरोधमा नयाँ बानेश्वर आसपासका क्षेत्रमा हरेक दिनजसो विरोध प्रदर्शन हुन थालेपछि संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । संसद् बैठकमा एमसीसी टेबल भएको दिन गत आइतबार  प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

        संसद् भवनको आसपासका क्षेत्रसँगै अमेरिकी दूतावासलगायत कुटनीतिज्ञ नियोग आसपासका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहान ११ बजेपछिको समयमा माइतीघर मण्डला–नयाँ बानेश्वर हुँदै यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी राख्न आग्रह गरेको छ ।

          सम्बन्धित समाचारहरु