श्रावण २२,२०७९ / ०९ : ३१ अपरान्ह / 2022-08-07 09:31 pm

        स्थानीय निर्वाचन : १ लाख १० हजार जनाको दुर्घटना बीमा गरिँदै

        - २ हप्ता अगाडि
        फागुन ११,२०७८

        निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बीमा गर्ने भएको छ। निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिने १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बीमा गरिन लागिएको हो। सामूहिक दुर्घटना बीमा २० लाखको रहनेछ।

        आयोगले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ। बीमा शुल्क र प्रस्तावका आधारमा आयोगले उपयुक्त बीमा कम्पनीमार्फत् बीमा गर्नेछ। ५० प्रतिशतभन्दा बढी स्वेशी स्वामित्व भएका तथा कालोसूचीमा नपरेका कम्पनीलाई १६ फागुनभित्र प्रस्ताव पेस गर्न भनिएको छ।

        क-कसको हुँदैछ बीमा ?

        आयोगका अनुसार ९ सय जनाको १०४ दिनको बीमा हुँदैछ। जसमा निर्वाचन आयोगका सबै पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी (काज, स्थायी र करारसमेत) पर्छन्।

        त्यस्तै, ६ हजार ७७७ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीको बीमा हुनेछ। उनीहरूको बीमा भने ७० दिनको मात्र हुनेछ।

        ९४ हजार कर्मचारीको १५ दिने बीमा हुनेछ। जसमा मतदान केन्द्रमा खटिने कर्मचारी पर्छन्। मतगणनामा खटिने ९ हजार ३६ कर्मचारीको भने १० दिनको बीमा हुनेछ। 

          सम्बन्धित समाचारहरु