प्रदेश–१ ले नामाकरणको टुंगो लगाउन सर्वदलीय बैठक बोलाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न १२ बजे बोलाइएको बैठकमा पाँच दलीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सहभागी हुनेछन् ।
प्रदेशसभा गठन भएको चार वर्ष बितिसक्दा पनि पहिचानका आधारमा कि भूगोल वा अन्य विषयलाई सम्बोधन गरेर प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा प्रदेश–१ को नामाकरण हुन सकेको छैन ।
सर्वदलीय बैठकमार्फत नाम टुंगोमा पुर्याउने प्रयास भइरहेको बताइएको छ ।