भाद्र १,२०७९ / ०३ : २५ पूर्वान्ह / 2022-08-17 03:25 am

        प्रतिनिधि सभाको बैठक आज

        - ३ हप्ता अगाडि
        फागुन ८,२०७८

        काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

        आजको कार्यसूचीमा एमसीसी भने छैन । आजको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७/७८ प्रतिनिधि सभामा पेश गर्ने उल्लेख छ ।

        सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन । सहमतिको प्रयासमा आज बिहान १० बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ ।

        प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १६६ दिनयता जारी सदन अवरोध गर्दै आएको छ । 

          सम्बन्धित समाचारहरु