भाद्र १,२०७९ / ०४ : २० पूर्वान्ह / 2022-08-17 04:20 am

        एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज

        - ३ हप्ता अगाडि
        फागुन ७,२०७८

        नेकपा (एकीकृत समाजवादी)को  स्थायी कमिटी बैठक शनिबार बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए । 

        उनका अनुसार एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर एमसीसीबारे निष्कर्ष निकालिनेछ । सरकारले एमसीसी संसद्मा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् ।

        माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ । आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएको छ ।

          सम्बन्धित समाचारहरु