भाद्र १,२०७९ / ०५ : ०१ पूर्वान्ह / 2022-08-17 05:01 am

        आजको सत्ता गठबन्धन बैठकमा एमसीसीबारे 'निर्णायक छलफल'

        - ३ हप्ता अगाडि
        फागुन ६,२०७८

        ६ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बस्दै छ । 

        आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनको बैठक बिहान १० बजे बस्ने तय भएको हो । 

        बिहीबार बसेको गठबन्धनको बैठक निष्कर्षविहीन टुङ्गिएपछि आज बैठक बस्न लागेको हो । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेदका बीच बैठक बस्न लागेको हो । 

        साथै सत्तारुढ गठबन्धनभित्र मतभेद बढ्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि 'एमसीसी पास गर्न लभिङ' थालेका छन् । 

          सम्बन्धित समाचारहरु