भाद्र १,२०७९ / ०३ : ४७ पूर्वान्ह / 2022-08-17 03:47 am

        एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज

        - ३ हप्ता अगाडि
        फागुन ५,२०७८

        काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ । 
        शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो ।
        बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर बीच सत्तारुढ दलहरूबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो ।
        प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । त्यसैले आजको गठबन्धनको बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुने बताइएको छ । 
        माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिइसकेको छ । एकीकृत समाजवादी पार्टीले संशोधनको लागि पहल गर्नुपर्ने बताएका छन् । 
        नेपाली कांग्रेस एमसीसी देशकै हितमा भएको भन्दै यसलाई जस्ताकोतस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । 


          सम्बन्धित समाचारहरु