भाद्र १,२०७९ / ०४ : ५१ पूर्वान्ह / 2022-08-17 04:51 am

        आज पनि एमालेले संसदमा विरोध जारी राख्ने

        - १७ घण्टा अगाडि
        फागुन ४,२०७८
        प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ । बैठक दिउँसो १ बजे बस्दैछ । आफूले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ ।

        एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।

        एमसीसीको विषयमा भने एमाले ‘पर्ख र हेर’को अवस्थामा छ ।

          सम्बन्धित समाचारहरु