भाद्र १,२०७९ / ०४ : ३२ पूर्वान्ह / 2022-08-17 04:32 am

        आज नेपाल बन्द, कस्तो छ प्रभाव ?

        - १९ घण्टा अगाडि
        फागुन ४,२०७८

        काठमाडौं । एमसिसी सम्झौताविरुद्ध ६ साना राजनीतिक दलले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । 

        यद्यपि, बन्दको प्रभाव भने सामान्य मात्र छ । लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । तर छोटो एवम् मध्यम दूरीका सवारीसाधनमा चलिरहेको ट्राफिक महाशाखा काठमाडौंले जनाएको छ । निजी सवारीसाधन सडकमा गुडिरहेका छन् । शैक्षिक संस्थामा भने बन्दको प्रभाव परेको छ । 
        नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल

        प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेसँगै विभिन्न दलहरूले बन्दको आह्वान गर्दा जनजीवनलाई केही असर गरेको छ । 

          सम्बन्धित समाचारहरु