भाद्र १,२०७९ / ०३ : ४९ पूर्वान्ह / 2022-08-17 03:49 am

        एमसीसी संसदमा टेबल गरेर अनुमोदन गर्ने कांग्रेसको निर्णय (पूर्णपाठसहित)

        - ६ महिना अगाडि
        फागुन ३,२०७८

        काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।

        मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ भनिसकेको जानकारी गराएका छन् ।

        बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए । उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा राखेको ती सांसदको भनाइ छ । यद्यपि यसमा सरकारले मनाउन पहल गर्ने देउवाको भनाइ छ । यस्तै प्रधानन्यायाधीश विरुद्धको महाभियोग पास गर्नका लागि पनि छलफल र परामर्श अघि बढाइने देउवाले बैठकमा बताएका थिए ।

        कांग्रेस संसदीय दलले, केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषदले २५ माघ २०७५ मा एमसीसी अनुमोदान सम्झौता संसदमा पेश गर्ने र अनुमोदन भएपछि दातृ निकायलाई जानकारी गराउने निर्णय गरेको र त्यसअनुसार २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको स्मरण गरेको छ ।

        /pagegallery/2022021518.jpg

        /pagegallery/2022021510.jpg

        /pagegallery/20220215100.jpg

        /pagegallery/2022021535.jpg

        /pagegallery/2022021549.jpg

        /pagegallery/2022021577.jpg

        /pagegallery/2022021553.jpg

          सम्बन्धित समाचारहरु