भाद्र १,२०७९ / ०३ : १५ पूर्वान्ह / 2022-08-17 03:15 am

        लिङ्देनले मनोनयन गरे २ महामन्त्रीका साथै उपाध्यक्षसहित २४ पदाधिकारी

        - २ हप्ता अगाडि
        माघ १६,२०७८

        काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षलाई पदाधिकारीमा मनोनयन गरेका छन् । उनले आज विज्ञप्तिमार्फत महामन्त्री र उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेको जानकारी दिए ।

        उनले पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरुमा पनि उनले जिम्मेवारी बाँडफाँड गरेका छन् । पार्टीमा दुई महामन्त्री र दुई उपाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनित भए । महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हाद प्रसाद साहलाई उनले नियुक्त गरे ।

        लिङदेनले ४ जना नेताहरुलाई पार्टीको प्रवक्ता तोकेका छन् । जसमा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाल छन् । सिटौलाले प्रदेश नम्वर १ अध्यक्षमा राम थापासँग हारेका थिए । तीन जना प्रवक्ता प्रदेश नम्वर १ कै परेका छन् ।

        यस्तै सहमहामन्त्रीमा सात जना, सहायक मन्त्रीमा ६ जना मनोनित गरिएको छ भने सहायक प्रवक्तामा चारजना मनोनित भए । मनोनयनसँगै राप्रपाको पदाधिकारी टिम ठूलाे बनेको छ ।

          सम्बन्धित समाचारहरु