भाद्र १,२०७९ / ०४ : ४५ पूर्वान्ह / 2022-08-17 04:45 am

        स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्न एमलेको माग

        - २ हप्ता अगाडि
        माघ १६,२०७८

        काठमाडौं ।   नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न माग गरेको छ ।

        सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको विवरण सार्वजनिक भइरहँदा एमालेले भने वैशाखभित्र निर्वाचन हुनुपर्ने सरकारसँग माग हो ।

        भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार बसेको बैठकले नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गरेको उल्लेख गर्दै समयमै निर्वाचन हुनुपर्ने ठहर गरेको हो ।

        ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने मूल नाराका साथ सबै जनसंगठनले आआफ्नो तवरले आन्दोलन अगाडी बढाउने निर्णय बैठकले गरेको छ ।

          सम्बन्धित समाचारहरु