श्रावण २४,२०७९ / ०१ : २८ अपरान्ह / 2022-08-09 01:28 pm

        संविधान अनुसार चुनाव नभए गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिने घोषणा

        - एक हप्ता अगाडि
        माघ १६,२०७८

        काठमाडौं । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । 

        उनले संवैधानिक व्यवस्थाअनुसार आउँदो जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । 

        स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने भएकाले यसअवधिमा निर्वाचन नभएमा आफूले गाउँपालिका अध्यक्षबाट राजीनामा दिने ओलीको घोषणा छ ।

        वर्तमान गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारीमा रहेको शंका गर्दै उनले तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

        नेपाली कांग्रेस दैलेख जिल्ला कार्यसमितिका सचिवसमेत रहेका ओलीले संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारको अवधि आगामी ५ जेठमा सकिने बताए ।

          सम्बन्धित समाचारहरु