काठमाडौं । नेकपा एमालेसम्बद्ध युवा संघले प्रधानमन्त्री र मन्त्री यादवको पुतला दहन गरेको छ ।
सिरहाको गोलबजारमा आज (शनिबार) भएको विरोध प्रदर्शनका क्रममा राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको पुतला दहन गरेका हुन् ।
पुतला दहन गर्दै उनीहरुले सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरेको आरोपमा आक्रोश व्यक्त गरेका छन् ।
त्यस्तै, उनीहरुले माघ ५ गते रौतहटमा भएको सभामा अराजक अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको पुतला दहन गरेका छन् ।