काठमाडौं । सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गराउन सरकारलाई सुझाव दिएको छ ।
बालुवाटारमा आज (शनिबार) बसेको गठबन्धनको दोश्रो बैठकले सरकारलाई यस्तो सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गर्नेछ ।
यता, नेकपा एमालेले भने वैशाखमै चुनाव गर्न दबाब दिने उद्देश्यले कार्यक्रम घोषणाको तयारी गरेको छ ।