श्रावण २२,२०७९ / ०९ : ३४ अपरान्ह / 2022-08-07 09:34 pm

        देश विकास केपी शर्मा ओलीले मात्र गर्न सक्छन् - टोपबहादुर रायमाझी

        - एक हप्ता अगाडि
        माघ १५,२०७८

        काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षी दलविरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् । 

        अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै सचिव रायमाझीले यस्तो बताएका हुन् । 

        उनले देश एमालेले मात्रै बनाउन सक्नेसमेत दाबी गरे ।

        एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मात्र देशले विकासको गति लिने उनको दाबी  छ । उनले भने, ‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौं ।’

        रायमाझीले नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिव ५० जनालाई पार्टी प्रवेश गराए ।

          सम्बन्धित समाचारहरु