भाद्र १,२०७९ / ०४ : ४८ पूर्वान्ह / 2022-08-17 04:48 am

        एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै

        - २ हप्ता अगाडि
        माघ १५,२०७८

        काठमाडौं । नेकपा (एमाले )को जनसंगठन समन्वय संयन्त्रको बैठक आज (शनिबार) दिउँसो बस्ने भएको छ ।

        बैठक  दिउँसो ३ बजे भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्न लागेको हो ।  कोभिड–१९ रोकथामको सतर्कता अपनाउदै बैठक बस्न लागेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

        चितवनमा सम्पन्न एमालेले १०औँ महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको थियो । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन् ।

        पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशन÷सम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ । 

        यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशन÷सम्मेलनका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो ।

          सम्बन्धित समाचारहरु