श्रावण २४,२०७९ / ०२ : ०९ अपरान्ह / 2022-08-09 02:09 pm

        गठबन्धनको औचित्यमा प्रश्न उठ्नसक्छ :रामचन्द्र पौडेल

        - एक हप्ता अगाडि
        माघ १५,२०७८

        काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो विकसित अवस्थाप्रति गम्भीर नहुने र निकास नखोज्ने हो भने सत्ता गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताएका छन् ।

        शनिबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा बोल्दै नेता पौडेलले सबैतिर गतिरोध कायम रहेको बताउँदै भने, ‘आज देशमा संसद चलेको छैन । सर्वोच्च अदालतमा गतिरोध कायमै छ । राष्ट्रिय महत्वका विषयमा गतिरोध कायमै छ । राज्य सञ्चालनमै गतिरोध देखिएको छ । सरकार संसदमा एउटा कानून पास गराउन सक्ने अवस्थामा छैन । कानून संशोधन गर्नसमेत सरकारले नसकेको अवस्था छ ।’

        नेता पौडेलले पछिल्लो समय राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील भएको भन्दै सत्ता गठबन्धनलाई गम्भीर हुन आग्रह गरे । पौडेलले सरकार अहिले संसदमा केही गर्न नसक्ने अवस्थामा रहेको समेत बताए ।

          सम्बन्धित समाचारहरु