काठमाडौं । राप्रपाका नेता कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्न खोज्नु संविधान विपरित र प्रतिगामी कार्य हुने बताएका छन् ।
उनले आज सामाजिक सन्जालमार्फत यस्तो बताएका हुन् । कुनैपनि बहानामा चुनाव सार्न नहुने बताउदै उनले संविधानले तीन तहको सरकारको व्यवस्था गरेको र कुनैपनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा नभएको पनि उल्लेख गरेका छन् ।
उनले भने, ‘संविधानमा तीनतहको सरकारको व्यवस्था छ । कुनैपनि तहको सरकार निर्वाचित प्रतिनिधिविहिन हुने परिकल्पना संविधानमा छैन । यहि मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो । कुनैपनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुनेछ ।’