काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनले एमालेसँग तर्सिएर निर्वाचन सार्न खोजेको आरोप लगाएका छन् ।
सामाजिक सन्जालमार्फत आज (शुक्रबार) उनले यस्तो आरोप लगाएका हुन् । निर्वाचन सार्न लागेको आरोप लगाउदै उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने बताएका छन् ।
विष्टले संविधान र कानूनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा सरकार नै लागेको आरोप लगाए । उनले लोकतान्त्रिक अभ्यासबाट नभाग्न पनि आग्रह गरेका छन् ।