जेष्ठ १९,२०८३ / ०२ : २० पूर्वान्ह / 2026-06-02 02:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      भोलि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा !

      - ४ वर्ष अगाडि
      माघ १३,२०७८

      काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्दैछ । 

      निर्वाचनबारे महत्वपूर्ण निर्णय लिन भन्दै भोलि केन्द्रीय समितिको बैठक बोलाएको हो । 

      स्थानीय तहको निर्वाचनको मिति तोक्नको लागि निर्वाचन आयोगले सरकारलाई ताकेता गरिरहेको छ ।कांग्रेसले कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट बैठक बोलाएको हो । 

      पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन पर धकेल्नेगरि छलफल चलिरहेको छ । कांग्रेसमा भने त्यस्तो कदम नचाल्न सभापति शेरबहादुर देउवालाई नेताहरुले दबाब दिईरहेका छन् । प्रधानमन्त्री देउवा भने कुनैपनि हालतमा गठबन्धन आगामी निर्वाचनसम्म लैजाने रणनीतिमा छन ।

      डा. शेखर कोइराला समूहले भने पाँच दलीय गठबन्धनमाथि नै प्रश्न उठाउन थालेको छ । शेखर समूहले बैशाखमा नै स्थानीय तहको निर्वाचन गर्नेगरि मिति तोक्न प्रधानमन्त्री देउवालाई दबाब दिईरहेको  छ । 

      बैठकमा गठबन्धन तोड्न देउवालाई दबाब दिने चर्चा पनि चलेको छ । देउवाले गठबन्धनबारे पनि बैठकमा जानकारी गराउने बताइएको छ ।

      बैठकमा कार्यसम्पादन समितिबारे पनि छलफल हुने बताइएको छ । केन्द्रीय समितिको आकार ठूलो भएकाले देउवा कार्यसम्पादन समिति बनाएर अघि बढ्ने योजनामा रहेको बताइन्छ । देउवाले सानो आकारको कार्यसम्पादन समिति बनाउने चर्चा चलेको छ । उनले कार्यसम्पादन समितिमा आफु निकटलाई बढी प्राथमिकता दिने बुझिएको छ ।

        सम्बन्धित समाचारहरु