श्रावण २२,२०७९ / ०९ : ३४ अपरान्ह / 2022-08-07 09:34 pm

        मत बराबर हुँदा गोलाप्रथाबाट प्रदेश १ मा गोपाल बस्नेत विजयी

        - एक हप्ता अगाडि
        माघ १२,२०७८

        काठमाडौं । राष्ट्रिय सभा सदस्य चयनकालागि आज (बुधबार) भएको निर्वाचनबाट प्रदेश १ मा गठबन्धनका उम्मेद्वारले गोलाप्रथाद्धारा जित हात पारेका छन् । 

        गठबन्धनका उम्मेद्वार कांग्रेसका गोपाल बस्नेत र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का गुरु बरालबीच मत बराबर भएपछि नतिजा गोलाप्रथाबाट  टुङ्ग्याइएको हो । गोला तान्दा बस्नेत विजयी भएका हुन् ।

        उनले आगामी ६ वर्षका लागि राष्ट्रियसभामा आफ्नो सिट सुरक्षित गरेका छन्। उनीहरु दुवै जनाले ४४८८ मतभार पाएका थिए ।

        बस्नेतले प्रदेश सांसद ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरेका थिए भने बराललाई प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ जनाले मतदान गरेका थिए।

        प्रदेश १ बाट महिलातर्फ गठबन्धकी उम्मेद्वार समाजवादीकी जयन्ती राई विजयी भएकी छिन् ।   यसैगरि अल्पसंख्यक तर्फ एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् । उनले हेमराज राईलाई पराजित गर्दै गठबन्धनको घेरा तोडेका छन् ।

          सम्बन्धित समाचारहरु