काठमाडौं । राष्ट्रिय सभा सदस्य चयनकालागि भएको निर्वाचनअन्र्तगत गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
बुधबार भएको निर्वाचनबाट उनिहरु निर्वाचित भएका हुन् ।
गठबन्धनका कमला पन्त, सुरेशबहादुर आले र भुवन सुनार विजयी भएका हुन् ।
महिलातर्फ नेपाली कांग्रेसकी उम्मेदवार कमला पन्तले ३ हजार ८४ मतभार प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्वन्दी एमाले उम्मेदवार लीला थनेतले २ हजार ७२४ मतभार पाएकी छन् । त्यस्तै, भुवन सुनारले तीन हजार ४८ मतभार ल्याएका छन् । आलेले ३ हजार ९६ मत प्राप्त गरेका छन् ।
गण्डकी प्रदेशसभाका ५९ सांसद, ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६८ जनाले मतदान गरेका थिए ।