भाद्र १,२०७९ / ०४ : ०६ पूर्वान्ह / 2022-08-17 04:06 am

        स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न विवेकशीलको माग

        - २ हप्ता अगाडि
        माघ १२,२०७८

        काठमाडौं । नेपाल विवेकशील पार्टीले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ । 

        आज (बुधबार) विज्ञप्ति जारी गर्दै विवेकशीलले यस्तो माग गरेको हो । 

        पार्टी प्रवक्ता विजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा समयमै निर्वाचन नगरिए लोकतन्त्र संस्थागत हुन नसक्ने बताइएको छ । 

        विज्ञप्तिमा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरिएको छ । स्थानीय तहमा आउने रिक्तताले संविधानको उल्लंघन गरेको ठहर्ने सो पार्टीले जनाएको छ । 

        स्थानीय तहको निर्वाचन समयमा नगर्दा हुने रिक्ततालाई संवोधन गर्ने कुनै पनि संवैधानिक विकल्प नहुने र त्यसले नागरिकहरू सेवा प्रवाहबाटै बञ्चित हुनुपर्ने स्थिति हुने जनाइएको छ । स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकारले गर्नुपर्ने सहजीकरणको काम तत्कालै सुरू गर्न विवेकशील पार्टीले सरकारसमक्ष आग्रह समेत गरेको छ ।

          सम्बन्धित समाचारहरु