काठमाडौं । जनमत पार्टीले आज (बुधबार) सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।
‘किसान आन्दोलन’का नाममा एक महिनादेखि सडकमा उत्रिएको जनमत पार्टीले आज सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।
पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई मल र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने साथै स्थानीय तहमा भएका भ्रष्टाचारको छानविन गर्नु पर्ने माग राख्दै जनमत पार्टी आन्दोलनमा रहेको छछ ।
‘पहिले खाद (मल) देऊ, अनि मात्रै भोट खसाऊ छौं’ भन्दै जनमतले ज्ञापन पत्र बुझाउन लागेको हो ।