भाद्र १,२०७९ / ०३ : २४ पूर्वान्ह / 2022-08-17 03:24 am

        राष्ट्रियसभा निर्वाचनः प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने राप्रपाको निर्णय

        - ३ हप्ता अगाडि
        माघ ११,२०७८

        काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । 

        पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले सो निर्णय गरेको हो ।

        उक्त बैठकले प्रदेश १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको छ ।

        तर, अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको हो ।

          सम्बन्धित समाचारहरु