भाद्र १,२०७९ / ०५ : ०२ पूर्वान्ह / 2022-08-17 05:02 am

        स्थानीय तहको निर्वाचनका विषयमा देउवासँग शेखर पक्षको यस्तो छ असन्तुष्टि !

        - ३ हप्ता अगाडि
        माघ १०,२०७८

        काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै असन्तुष्टि पोखेको छ ।

        आज (सोमबार) बसेको भर्चुअल बैठकमा कोइराला पक्षले यस्तो असन्तुष्टि पोखेको हो । 

        बैठकमा  सभापति देउवाले स्थानीय तहको निर्वाचनको मितिका विषयमा पार्टी भित्र छलफल नगरि मनोमानी रुपमा अघि बढ्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरिएको बैठकमा सहभागि नेताहरुले जानकारी दिएका छन् । 

        भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा कांग्रसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

        यसैगरि, कोइराला पक्षले आजकोे बैठकमा तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल गरेको छ । 

        नयाँ जनादेशमा जानका लागि गठबन्धनको आवश्यकता नरहेको समेत कोइराला पक्षको ठहर छ । 

        बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो।

          सम्बन्धित समाचारहरु