चैत १६,२०८० / ०८ : ३५ अपरान्ह / 2024-03-29 08:35 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सत्ता गठबन्धनले आज अपराह्न कानुनविद्सँग छलफल गर्दै

      - २ वर्ष अगाडि
      माघ ९,२०७८

      काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका नेताहरूले आज (आइतबार)  कानुनविद्हरूसँग छलफल  गर्दैछन् । 

      सरकारको नेतृत्व गरिरहेका सत्ता गठबन्धनका नेताहरूले स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन कानूनविद्सँग छलफल गर्न लागेका हुन् । 

      अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कानुन व्यवसायीसँग छलफल हुनलागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

      निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सिफारिस गरिरहेका समय सत्ता गठबन्धन भने चुनाव सार्ने मुडमा देखिन्छ । 

      यसै कारण कानुनी छिद्रको खोजी गर्न गठबन्धन कानुनविद्हरुसँगको छलफलमा जुटेको हो । 

      गठबन्धनभित्र आगामी मंसिरमा मात्रै संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैचोटि गराउने विषयमा योजना बनिरहेको स्रोतले जनाएको छ । 

        सम्बन्धित समाचारहरु