भाद्र १,२०७९ / ०३ : ४६ पूर्वान्ह / 2022-08-17 03:46 am

        गौर घटनाबारे यस्तो आयो जसपाको धारणा !

        - ३ हप्ता अगाडि
        माघ ८,२०७८

        काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले जनमत पार्टीका कार्यकर्ताले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ ।

        शनिबार केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ती जारी गर्दै यस्तो आरोप लगाएका हुन् । विज्ञप्तिमा भनिएको छ, जनता समानवादी पार्टी नेपालको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता अपराधिक कार्य अब उप्रान्त नगर्न सचेत गराइन्छ ।’

        जसपाले  जनमत पार्टीले गैर राजनीतिक क्रियाकलाप गरिरहेको भन्दै नियन्त्रण गर्न सरकारसँग मागसमेत गरेको छ ।

        भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको हिंसात्मक अभिव्यक्तिको आलोचना भइरहेका बेला जसपाले बुधबार गौरमा भएको घटनाबारे मुख खोलेको हो । तर, मन्त्रीको हिंसात्मक अभिव्यक्तिबारे भने विज्ञप्तीमा केही उल्लेख गरिएको छैन ।  

        जसपा नेता एवं मन्त्री यादव गौरमा जाने क्रममा बधुबार जनमत पार्टी कार्यालयले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी मन्त्री यादवले २०६३ मा भएको गौर घटना सम्झाउँदै राउतलाई ज्यानमार्ने धम्की दिएकी थिइन् ।

        मन्त्रीको हिंसात्मक अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग समेत भइरहेको छ ।

          सम्बन्धित समाचारहरु