भाद्र १,२०७९ / ०४ : ४९ पूर्वान्ह / 2022-08-17 04:49 am

        भौतिक पूर्वाधार मन्त्री यादवलाई पदमुक्त गर्न विश्वप्रकाश शर्माको माग

        - ३ हप्ता अगाडि
        माघ ८,२०७८

        नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन् ।

        गौर नरसंहार दोहो¥याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन चौतर्फी माग भइरहेका बेला महामन्त्री शर्माले आज (शनिबार) यस्तो बताएका हुन् । 

        मन्त्री यादवले पदीय मर्यादाविपरीत अभिव्यक्ति  दिएको भन्दै उनले मन्त्री पदबाट तत्काल हटाउने प्रधानमन्त्रीलाई आग्रह गरे।

        शर्माले मन्त्रीको गैरजिम्मेवारी अभिव्यक्तिको निकासका लागि तीन विकल्पमा सुझाएका  छन् । मन्त्री भूल स्वीकार र क्षमा याचना गर्नुपर्ने वा सम्बन्धित दलले नै राजीनामा माग्नुपर्ने  शर्माको सुझाव छ ।

        यता, मन्त्री यादवको अभिव्यक्तिलाई लिएर  यति धेरै आलोचना भए पनि उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) ले भने आज सम्म  कुनै पनि  प्रतिक्रिया दिएको छैन । 

        बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन्  । 

          सम्बन्धित समाचारहरु