सरकारका प्रवक्ता एवंम सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठक नबोलाएको बताएका छन् ।
प्रवक्ता कार्कीले शुक्रबार साँझबाट सर्वदलीय बैठकबारे विभिन्न सञ्चारमाध्यममा समाचार आएपनि त्यसमा सत्यता नभएको बताएका हुन् ।
आज (शनिबार) विहान ९ बजे बैठक बस्ने भनेर समाचार प्रकाशित भएको भन्दै उनले भ्रमका पछाडि नलाग्न आग्रह गरे । एमालेले पनि यसअघि नै सर्वदलीय बैठकबारे आफूहरुलाई कुनै जानकारी नभएको बताइसकेको थियो । हिजो रातिदेखि नै समाचार आएका बेला बैठक बस्ने समयमा आएर सरकारका प्रवक्ताले बैठक नै नबोलाईएको स्पष्ट पारेका हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा छलफल गरेर् साझा धारणा बनाएर मात्र सर्वदलीय बैठक बोलाउने बताए ।
तीन तहका चुनाव कसरी गर्ने भनेर सुरुमा गठबन्धनमा घनिभूत छलफल गरिने उनको भनाई छ ।