श्रावण २२,२०७९ / १० : ०० अपरान्ह / 2022-08-07 10:00 pm

        जनपरिचालनको जिम्मा प्रचण्डलाई

        - २ हप्ता अगाडि
        माघ ८,२०७८

        नेकपा (माओवादी) केन्द्रले जनपरिचालनको कामको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल  (प्रचण्ड) लाई दिने निर्णय गरेको छ ।

        आज (शनिवार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले कोरोनाको महामारी कम नभएसम्म पार्टी अध्यक्ष प्रचण्डलाई नै जनपरिचालनको कामको जिम्मा दिने निर्णाय गरेको हो । 

        बाँकी रहेका संगठनात्क काम टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय भएको नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले जानकारी दिए । 

        महराले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएकोसमेत जानकारी दिएका छन् । 

        नेता महराले बैठकमा तीन वटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको प्रष्ट पारेका छन् । अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीविह?को रायअनुसार कानूनविद्सँग छलफल गरेर निस्कर्षमा पुग्ने महराको भनाइ छ ।

          सम्बन्धित समाचारहरु