कार्तिक १०,२०७७ / ०७ : १२ पूर्वान्ह / 2020-10-26 07:12 am
      • Salt Trading

      राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी घोषणा

      - २ हप्ता अगाडि
      असोज २१,२०७७

      काठमाडौँ, प्रदेश ५ को प्रदेश सभाले प्रदेशको स्थायी राजधानी देउखुरी कायम भएको छ । प्रदेश सभाले अढाइ वर्षपछि स्थायी राजधानी तोक्न सकेको हो ।

      प्रदेश ५ नाम र राजधानी निर्णय गर्ने पाँचौँ प्रदेश भएको छ । सबैभन्दा पहिले प्रदेश ६ ले नाम कर्णाली प्रदेश र राजधानी सुर्खेत हुने सर्वसम्मत निर्णय गरेको थियो ।

      प्रदेश १ ले स्थायी राजधानी विराटनगर हुने निर्णय गरे पनि नामको टुङ्गो लगाउन सकेको छैन । प्रदेश १ मा पनि सत्तारुढ नेकपाको दुई तिहाइ बहुमत छ ।

      प्रदेश २ मा भने नाम र राजधानी दुवैमा चर्को विवाद छ । विवादकै कारण प्रदेश सरकारले प्रस्ताव तयार गर्न सकेको छैन । प्रदेश २ मा समाजवादी पार्टीको सरकार छ । प्रदेशसभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको दुई तिहाई मतबाट प्रस्ताव पारित भएको हो ।

      अब प्रदेशको ५ को राजधानी देउखुरी हुनेछ । दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको थियो ।

      प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो । प्रदेशको नाम लुम्बिनीको पक्षमा प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए ।

        सम्बन्धित समाचारहरु