जेष्ठ १९,२०८३ / ०१ : ३८ पूर्वान्ह / 2026-06-02 01:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      जनसेवामा समर्पित हुन आग्रह

      - ५ वर्ष अगाडि
      भाद्र २२,२०७७

      काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी रहेको बताउनुभएको छ ।

      निजामती सेवाले कानुनी रूपमा संस्थागत स्वरूप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाइने निजामती सेवा दिवसका अवसरमा सबै निजामती कर्मचारीलाई हार्दिक बधाई दिनुहुँदै प्रधानमन्त्री ओलीले आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुनसमेत जोड दिनुभएको छ । आज ‘स्वच्छ र सक्षम निजामती प्रशासन ः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १७औँ निजामती सेवा दिवस हो । औपचारिक रूपमा वि.सं. २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको सम्झनास्वरूप यो दिवस मनाउन थालिएको हो ।

      निजामती कर्मचारीमा उच्च नैतिक आचरण र पेसागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ । उहाँले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिनुभएका राष्ट्र सेवकहरूको प्रशंसा गर्नुभएको छ ।

      लोकतन्त्रका लाभहरूको वितरण आम नागरिकसम्म पु¥याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महìवपूर्ण हुन्छ भन्नुुहुुँदै प्रधानमन्त्रीले कर्मचारीले आफ्नो क्षमता अभिवृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमानदारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।  गोरखापत्रबाट

        सम्बन्धित समाचारहरु