वैशाख ८,२०८३ / ०२ : ४२ अपरान्ह / 2026-04-21 02:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बामदेवलाई राष्ट्रिय सभाको सदस्य बनाउने नेकपाको निर्णय

      - ५ वर्ष अगाडि
      भाद्र १८,२०७७

       काठमाडौं, नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका छन् । 

      बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए । यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो ।

      प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए  । 

        सम्बन्धित समाचारहरु