जेष्ठ १६,२०८३ / १२ : २२ अपरान्ह / 2026-05-30 12:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      संविधानको दोस्रो संशोधन विधेयक २०७७ सर्वसम्मतले स्वीकृत

      - ५ वर्ष अगाडि
      जेष्ठ २७,२०७७

      नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथी बिचार गरियोस भन्ने प्रस्ताव संसदद्दारा सर्वसम्मतले स्वीकृत भएको छ । कानुनमन्त्री डा शिवमाया तुम्बाहाम्फेले मंगलबार प्रस्तुत गरिएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको हो । 

      /pagegallery/2020060969.jpg

      कालापानी,लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न लागिएको छ  । उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् । विधेयकमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावको विपक्षमा कसैले पनि हुन्न नभनेपछी सभामुख सापकोटाले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए ।

      /pagegallery/2020060997.jpg

      विधेयकमाथिको सैद्धान्तिक छलफल चार घण्टा चलेको थियो । छलफलमा भाग लिने सबै संसादहरुले सरकारको जारी गरेको नयाँ नक्सा समर्थन गर्दै कुटनीतिक वार्ताको माध्यमबाट तल्काल सधैंको लागि समस्या हल गर्नुपर्ने सरकारलाइ आग्रह गरेका थिए । संसदको अर्को बैठक आगामी २८ गते बुधबार दिन ११ बजेको लागि बोलाइएको छ ।

      /pagegallery/2020060924.jpg

        सम्बन्धित समाचारहरु