मंसिर २,२०८२ / ०४ : ४७ अपरान्ह / 2025-11-18 04:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सडक मर्मतपछि नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा

      - १ वर्ष अगाडि
      असोज १९,२०८१

      नवलपरासी - पश्चिम नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा आएको छ । सडक भासिएर अवरुद्ध भएको सडकको मर्मतपछि आज १० बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

      बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । उनले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए ।

      सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d