फागुन १,२०८१ / ०९ : ३३ पूर्वान्ह / 2025-02-13 09:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      आजदेखि देशभरका भन्सारमा अनलाइन प्रणाली लागू हुँदै

      - ३ वर्ष अगाडि
      माघ १२,२०७८

      काठमाडौं । आज (बुधबार)  ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस, विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसरमा आजदेखि सरकारले देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू गर्ने भएको छ । 

      आजदेखि एकद्वार अनलाइन प्रणाली लागू गर्न लागिएको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले जानकारी  दिए । 

      दिवसको नाराले भन्सार सम्बन्धी तथ्याङ्कको व्यवस्थापनलाई विद्युतीय माध्यममा लैजाने तय गरेको छ । त्यही अनुसार नेपालमा विद्युतीय माध्यमबाट तथ्याङ्क प्राप्ति र विश्लेषण गर्न आवश्यक सबै पूर्वाधारको एकीकृत विकासलाई प्राथमिकता दिएको महानिर्देशक  सापकोटाको भनाई छ । 

      उनले यसै आर्थिक वर्षभित्र भन्सार एजेन्टको छनोट र इजाजत वितरण गर्ने तयारीमा रहेको पनि जानकारी दिए । महानिर्देशक सापकोटाका अनुसार अहिले देशभर ३८ वटा भन्सार कार्यालय छन् । जनवरी २६ मा विश्वभर अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d