चैत ६,२०८१ / १२ : ५६ पूर्वान्ह / 2025-03-20 12:56 am
      • param ad
      • furniture
      • veera Incorporation

      आजका पत्रपत्रिका - ‘आवश्यक परे ‘लकडाउन’ गर्ने मोडालिटी बनाइँदै’

      - ४ वर्ष अगाडि
      चैत ७,२०७६

      काठमाडौं, राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले कोरोना भाइरस (कोभिड–१९)को विषयलाई प्रमुख पेजमा स्थान दिएका छन्।

      कान्तिपुर दैनिकले ‘आवश्यक परे ‘लकडाउन’ गर्ने मोडालिटी बनाइँदै’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।

      “कोरोना भाइरस (कोभिड–१९)को सम्भावनालाई ध्यान दिँदै सरकारले आवश्यक परे ‘लकडाउन’ समेत गर्न चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको छ। संक्रमण फैलन नदिन र नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’को व्यवस्था मिलाउनुपर्ने आकलन गर्दै गृह मन्त्रालयले यस्तो गृहकार्य गरेको हो। त्यसअनुसार संक्रमण भेटिए आवश्यकताअनुसार सम्बन्धित सहर वा निश्चित भूभागमा ‘लकडाउन’ गर्न सकिने खाका बनाउन लागिएको हो,” कान्तिपुरले लेखेको छ।”

      सोही दैनिकले ‘भारतमा जनता कफ्यु’ शीर्षकको समाचार पनि पहिलो पेजमा स्थान दिएको छ। यस्तै, चितवनमा कोरोना भाइरसको उपचारका लागि ७२ घन्टामै ५० बेडको अस्पताल बनाएको विषयको समाचारलाई पनि कान्तिपुरले पहिलो पेजमै स्थान दिएको छ।

      नागरिक दैनिकले ‘यात्रु आवतजावतमा कडाइ, ढुवानी नरोकिने’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।

      “सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न नेपाल–भारत सीमा क्षेत्रमा थप कडाइ गर्नेसहितका निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित विभिन्न पक्षको बैठकले नेपाल–भारतबीचका वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, महेन्द्रनगरको वनवासा र झापाको काकँडभिट्टाबाहेक सबै बाँकी सबै नाकामा कडाइ गर्ने निर्णय गरेको हो। चारवटाबाहेक अन्य नाकाबाट आवतजावत केही समयका लागि बन्द गर्न गृह मन्त्रालयले प्रस्ताव गरेको छ,” नागरिकले लेखेको छ।

      सोही दैनिकले सोही समाचारको बक्समा ‘जोखिमसँग जुध्न सेनाको तयारी’ शीर्षकको समाचार प्रकाशित गरेको छ। यस्तै, नागरिकले एन्करमा ‘अप्ठेरोको साथी’ शीर्षकको समाचार प्रकाशित गरेको छ।

      अन्नपूर्ण पोस्ट दैनिकले ‘हजार आइसोलेसन बेड’ शीर्षकको मुख्य समाचार बनाएको छ। यस्तै, सोही दैनिकले ‘सार्क सहकार्यमा ओली सक्रिय’ शीर्षकको एक कोलमको समाचार पनि पहिलो पेजमा छापेको छ।

      नयाँ पत्रिका दैनिकले भने कोरोना भाइरसविरुद्धको सरकारको तयारी पर्याप्त नभएको विषयलाई प्रमुख समाचार बनाएको छ। नयाँ पत्रिकाले सो समाचारलाई ‘सायद हामी चुक्दै छौं’ शीर्षक दिएको छ।

      “चीनको वुहानमा कोरोना फैलिएर विश्वको ध्यानाकृष्ट भएको ६० दिन पुग्दा हाम्रोमा एउटा पनि आइसियु बेड थपिएको छैन। अझै पनि भारत, चीन, थाइल्यान्ड, सिंगापुर र अमेरिकाबाट आउन रोकटोक छैन। आएकालाई पनि निष्फक्री घुम्ने छुट छ, यो बीचमा इटालीलगायत सिंगो युरोप, इरान र अमेरिकाले असाधारण मूल्य चुकाएका छन्। तर, मौका पाएर पनि हामी चुक्दै छौं,” समाचारमा लेखिएको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d