मंसिर २६,२०८१ / १० : १७ अपरान्ह / 2024-12-11 10:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आजका पत्रपत्रिका - सैनिक अधिकृतको सम्पत्तिदेखी कोरोनाबाट सुरक्षित नेपालीसम्म

      - ४ वर्ष अगाडि
      फागुन २९,२०७६

      काठमाडौं, राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

      आजको कान्तिपुर दैनिकले इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेपनि बाँकी अधिकांश सैनिक अधिकृतले सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयलाई मुख्य समाचार बनाएको छ । कान्तिपुरमा प्रकाशित समाचारअनुसार नेपाली सेनाको इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मातहतका वरिष्ठ अधिकृतले त्यसको अनुसरण गरेका छैनन् ।

      उनले गत भदौमा सम्पत्ति विवरण सार्वजनिक गरेयता पाँच अधिकृतले मात्रै आफ्नो सम्पत्ति विवरण बाहिर ल्याएका छन् ।

      आफ्नो तीनवर्षे कार्यकालको पहिलो वर्ष पूरा भएको अवसरमा गत भदौ २४ मा जंगी अड्डामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सेनाको वेबसाइटमा सम्पूर्ण सम्पत्ति विवरण राखेको जानकारी दिएका थिए ।

      सैनिक अधिकृतले सार्वजनिक गरेनन् सम्पत्ति शीर्षकमा मुख्य समाचार छापेको कान्तिपुरले दोस्रो पटक मृगौला फेरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रमको आशंका गरिएको विषयलाई प्राथमिकताका साथ छापेको छ।

      आजको अन्नपूर्ण पोस्ट्ले युरोपका नेपाली सुरक्षित शीर्षकमा मुख्य समाचार छापेको छ भने पर्यटन व्यवसायीले कोरोनाको महामारीबाट अर्थतन्त्रलाई जोगाउन माग गरेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । 

      अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित छन्। संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन्।

      इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमनजिकका क्षेत्रमा कोरोना प्रभाव न्यून छ। उनले सबैभन्दा बढी प्रभावित लोमबार्दिया क्षेत्रका नेपाली पनि सुरक्षित रहेको बताए।

      पेट्रोलियम पदार्थ अन्तर्राष्ट्रिय बजारमा सस्तिदा नेपालमा भने महँगो भएको भएको विषयलाई मुख्य समाचार बनाएको आजको नागरिक दैनिकले नविल बैंकले बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

      आजको नयाँ पत्रिकाले भने अभिभावकको आडम्बरले महँगो स्कूल छान्ने होड शीर्षकमा मुख्य समाचार छापेको छ ।

      यस्तै ट्यांकरको ताला खोल्ने मास्टर की गायव भएपछि धमाधम चोरी र मिसावट बढेको विषयलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ । एउटै ट्यांकरबाट २५२ लिटरसम्म तेल चोरी भएको समाचारमा उल्लेख छ ।

        सम्बन्धित समाचारहरु