फागुन १,२०८१ / ०८ : ०१ पूर्वान्ह / 2025-02-13 08:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      आजका पत्रपत्रिका - प्रधानमन्त्रिको मिर्गौला प्रत्यारोपण

      - ४ वर्ष अगाडि
      फागुन २१,२०७६

      काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बुधबार) दोस्रो पटक गर्न लागिएको मृगौला प्रत्यारोपणको खबरलाई आजका पत्रपत्रिका मुख्य समाचार बनाएका छन् ।

      कान्तिपुर दैनिकले प्रत्यारोपण आज शीर्षकमा मुख्य समाचार छापेको छ भने नयाँ पत्रिकाले प्रधानमन्त्री ढुक्क शीर्षकमा खबर लेखेको छ ।

      कोरोनाको त्रास सवत्र्र शीर्षकमा मुख्य समाचार छापेको आजको अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्रीको मनोबल उच्च शीर्षकको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

      इम्बोस्ड नम्बर प्लेटका नाममा राज्यकोष लुट्ने प्रयास भएको भन्दै नागरिक दैनिकले यो विषयलाई मुख्य समाचार बनाएको छ भने प्रधानमन्त्रीको मृर्गौला पुनः प्रत्यारोपण, आवश्यक सबै परिक्षण सम्पन्न शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

      प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् ।

      ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए । शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दै छ ।

      बिहान ९ बजेदेखि शल्यक्रिया सुरु गरिने डा. ज्ञवालीले बताए । पाँच घन्टामा प्रत्यारोपणको काम सकिने नयाँ पत्रिकाले समाचारमा लेखेको छ ।

      चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ ।

      प्रत्यारोपणको अन्तिम तयारीस्वरूप मंगलबार दिउँसो प्रधानमन्त्री ओलीको डायलाइसिस गर्नुका साथै पिसाब, रगत, छाती र दाँतको परीक्षण गरिएको थियो ।

      सबैको रिपोर्ट सामान्य देखिएको छ । चिकित्सकहरूका अनुसार उनलाई प्रत्यारोपण गर्नुपूर्व दिइने प्रि–औषधिहरू दिन सुरु गरिएको छ । यसअघि नै प्रधानमन्त्री ओलीको मुटु, फोक्सो र कलेजोको परीक्षण भइसकेको छ ।

      ओलीलाई शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनमा राखिएको छ ।

      नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार नेपालमा ८ अगस्ट २००८ मा पहिलोपटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण थालिएको हो ।

      ६ माघ ०६९ देखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि मिर्गौला प्रत्यारोपण सेवा दिन थाल्यो । ०६८ मा केन्द्रको स्थापना भएको थियो ।

      देशभर हालसम्म एक हजार पाँच सयको मिर्गौला प्रत्यारोपण गरिएको छ । त्यसमध्ये करिब सात सयको प्रत्यारोपण शिक्षण अस्पतालमा भएको युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले बताए । त्यसको सफल दर ९८ प्रतिशत छ ।

      नेपालमै १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । ती सबै सफल भएका छन् । डा. ज्ञवालीका अनुसार शिक्षण अस्पतालमा मात्रै आठजनाको दोस्रोपटक प्रत्यारोपण भएको छ भने दुईजनाको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरिएको समाचारमा उल्लेख छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d