फागुन १,२०८१ / ०९ : १४ पूर्वान्ह / 2025-02-13 09:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      आजका पत्रपत्रिका - प्रधानमन्त्रिको मिर्गौला प्रत्यारोपण देखी राजदुत फिर्तासम्म

      - ४ वर्ष अगाडि
      फागुन १९,२०७६

      काठमाडौं, राजधानीबाट सोमबार प्रकाशित विभिन्न दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।

      नयाँ पत्रिका दैनिकले ‘राजदूतमा सरकारको अनौठो मापदण्ड : लीलामणि पौड्याल अयोग्य, नेताका सासू र सालीदेखि व्यापारीका छोरीसम्म योग्य’ शीर्षकको समाचार पहिलो पेजमा प्रकाशित गरेको छ। “सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ। पूर्वमुख्यसचिवसमेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पान्डेलाई राजदूतका रूपमा चीन पठाउने निर्णय गरेको छ। पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर तुरुन्त फर्काउने निर्णय गरेको सरकारले नेताका सासू, साली र व्यापारीका छोरीको काममा भने प्रश्न उठाएको छैन,” नयाँ पत्रिकाले लेखेको छ।

      सोही दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार हुन लागेको मिर्गौला प्रत्यारोपणसम्बन्धी समाचार पनि पहिलो पेजमै प्रकाशित गरेको छ। यो विषयलाई कान्तिपुर, नागरिक र अन्नपूर्ण दैनिकले पनि पहिलो पेजमै प्रकाशित गरेका छन्।

      कान्तिपुरले यो विषयलाई ‘जसले दिँदैछिन् प्रधानमन्त्रीलाई मृगौला’ शीर्षक दिएको छ। अन्नपूर्णले ‘प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण पर्सि’ शीर्षक दिएको छ।

      यस्तै, नागरिक दैनिकले ‘दशकौंमा पनि नसकिने गौरवका आयोजना’ शीर्षकको मुख्य समाचार बनाएको छ।

      कारोबार दैनिकले ‘फेब्रुअरीमा ७७ हजार पर्यटक’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ। यस्तै, ‘उपत्यकासँग जोडिएको १० जिल्लामा नयाँ सहर’ शीर्षकको समाचार पनि पहिलो पेजमै प्रकाशित गरेको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d