फागुन १,२०८१ / ०७ : ४१ पूर्वान्ह / 2025-02-13 07:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      आजका पत्रपत्रिका - बाँस्कोटाको स्याटेलाइट परियोजना शंकास्पद देखी आयल निगमको साझा साँचो हराएकोसम्म

      - ४ वर्ष अगाडि
      फागुन १३,२०७६

      काठमाडौं, राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले संविधान संसोधन गर्न बनाइएको कार्यदल भताभुंग भएकोदेखि प्रधानमन्त्री केपीशर्मा ओली दबाबमा परेको विषयसम्मलाई मुख्य समाचार बनाएका छन् ।

      आजको कान्तिपुर दैनिकले संविधान संसोधन गर्न बनाइएको कार्यदलको औचित्यमा सदस्यहरुले प्रश्न उठाएको विषयलाई मुख्य समाचार बनाएको छ । कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाले संविधान संसोधनको औचित्यमाथि नै प्रश्न उठाएको समाचारमा उल्लेख छ ।

      यस्तै निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजनामा पनि भ्रष्टाचार गरेको हुन सक्ने आशंका सहितको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ ।

      सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि पदबाट राजीनामा गरेका निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको समाचारमा उल्लेख छ । उनले १२ देशका २२ वटा कम्पनीले नेपालको स्याटेलाइट राख्न रुची देखाएका भएपनि जीटुजीमार्फत एउटै कम्पनीसँग समझदारी अघि बढाएका थिए।

      आजको अन्नपूर्ण पोस्ट्ले संविधान संसोधन कार्यदल भताभुंग शीर्षकमा मुख्य समाचार छापेको छ भने सुनको मूल्य आकाशिएको विषयलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ। 

      पारिवारिक विरासतमा आउला कांग्रेस नेतृत्व शीर्षकमा मुख्य समाचार छापेको आजको नागरिक दैनिकले पार्टी भित्र अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली दबाबमा परेको विषयलाई प्राथमिकताका साथ छापेको छ। उसले लेखेको छ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेका छन् । पुस २३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका हुन्।

      आजको नयाँ पत्रिकाले भने झ्यालबाट संसद् छिर्ने हठमा वामदेव शीर्षकमा मुख्य समाचार छापेको छ । उसले लेखेको छ– उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृहकार्य विवादमा परेको छ । झ्यालबाट संसद् प्रवेश गर्ने नेता गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भएको छ ।

      यस्तै नेपाल आयल निगमकोे सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म नभेटिएको समाचारमा उल्लेख छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d